Kathmandu Press

टि-२० वरियतामा नेपाल २ स्थान माथि उक्लियो

काठमाडौं, फागुन १५ : टि-२० वरियतामा नेपालले २ स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गरेको वरियताको नयाँ अपडेटमा नेपाल २...
टि-२० वरियतामा नेपाल २ स्थान माथि उक्लियो

काठमाडौं, फागुन १५ : टि-२० वरियतामा नेपालले २ स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गरेको वरियताको नयाँ अपडेटमा नेपाल २ स्थानमा सुधार गर्दै १३औं स्थानमा आइपुगेको छ।

टि-२० विश्वकपको ग्लोबल छनोटका ५ मध्ये ४ खेलमा जित निकालेपछि नेपालले दुई स्थान सुधार गरेको हो । अघिल्लो वरियतामा नेपाल २ स्थान तल झर्दै १५ स्थानमा पुगेको थियो। 

एसोसिएटतर्फ नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दाअघि विश्वकपको ग्लोबल छनोटको उपाधि जितेको युएई १२औं स्थानमा छ। यता, ग्लोबल छनोटको फाइनलमा युएईसँग पराजित भएको आयरल्यान्ड दुई स्थान तल झर्दै १५ स्थानमा आइपुगेको छ।

टि-२० वरियतामा भारत शीर्ष स्थानमै यथावत छ । इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं, अस्ट्रेलिया छैठौं, वेस्टइन्डिज सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं र श्रीलंका १०औं स्थानमा छन् ।

प्रकाशित मिति: ०७:३१ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्