अपराजित रहँदै मछिन्द्र बन्यो च्याम्पियन
काठमाडाैं, फागुन १४ : मछिन्द्र क्लबले अपराजित रहँदै ए डिभिजन लिग उपाधि जितेको छ। लिगको अन्तिम खेलमा विभागीय टिम एपिएफ क्लबलाई २–१ले हराउँदै...
काठमाडाैं, फागुन १४ : मछिन्द्र क्लबले अपराजित रहँदै ए डिभिजन लिग उपाधि जितेको छ। लिगको अन्तिम खेलमा विभागीय टिम एपिएफ क्लबलाई २–१ले हराउँदै मछिन्द्रले अपराजित रहँदै उपाधि जितेको हो।
लिगका १३ खेलमध्ये मछिन्द्रले ११ जित र २ बराबरी खेल्यो। ऊ ३५ अंकका साथ शीर्ष स्थानमा रह्यो। १३ खेलमा कुल २० गोल गरेको उसले २ गोल मात्र खायो। उसले पहिलो र अन्तिम खेलमा मात्र गोल खायो।
अन्तिम खेलमा मछिन्द्रलाई जित दिलाउन रेजिन सुब्बाले गरेको निर्णायक गोल गरे। उनले खेल ८१औं मिनेट बाँकी छँदा गोल गरेका थिए।
खेलमा अग्रता पनि मछिन्द्रले नै लियो। अभिषेक गुरुङ ४२औं मिनेटमा मछिन्द्रलाई अग्रता दिलाए। ६८ औं मिनेटमा एपीएफका प्रदीप लामाले लागि बराबरी गोल फर्काए।
खेलको अन्तिम दुई मिनेट दुवै खेलाडी १० खेलाडीमा सीमित रहे। मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे।
दुई खेलअघि नै उपाधि जितिसकेको मछिन्द्रले ७५ लाख रुपैयाँ प्राप्त गरेको छ। मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन्। तीन जनाले मनाङ मर्स्याङ्दीबाट दुई र मछिन्द्रबाट दुई पटक लिग जितेका हुन्।











