Kathmandu Press

दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

डडेल्धुरा, फागुन १४ : डडेल्धुरा सदरमुकाम नजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय...
दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते
Hardik ivf

डडेल्धुरा, फागुन १४ : डडेल्धुरा सदरमुकाम नजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ। आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप००१क १८७९ नंको टिपर दुर्घटना भएको हो। करिब २०० मिटर तल टिपर खस्दा चालकको मृत्यु भएको हो।

जिल्ला सदरमुकामको कीर्तिपुर बजारबाट बागबजार जाने क्रममा उक्त टिपर दुर्घटना भएको हो। दुर्घटनामा सहचालक जिल्ला दाङ घर भएका १६ वर्षीय अशिम चौधरी घाइते भएका छन्। घाइतेको खुट्टा र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। टिपर ब्याक गर्दा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्