हत्या आरोपमा युवक पक्राउ
पर्सा, फागुन १४ : बाराकाे फेटा गाउँपालिका–४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका–८ गहवा...
पर्सा, फागुन १४ : बाराकाे फेटा गाउँपालिका–४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका–८ गहवा बस्ने ३४ वर्षीय दिपक कुमार महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका-१६ फुलबरीया टोलस्थित गाईगोठमा दिपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:४६ बजे, शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












