दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाइने
काठमाडाैं, फागुन १४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्टीकोतर्फबाट अक्षयकोष बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।पार्टी...
काठमाडाैं, फागुन १४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्टीकोतर्फबाट अक्षयकोष बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दलित मुक्तिमोर्चाले आयोजना गरेको जनयुद्धका प्रथम सहिद दीलबहादुर रम्तेलको स्मरणमा आयोजित कार्यक्रममा उनले पार्टीका तर्फबाट केही रकम उपलब्ध गराई त्यस्तो कोष स्थापना गर्ने बताए।
माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा २०५२ फागुन १४ गते गोरखामा दिलबहादुरको सहादत प्राप्त भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धको भूमिका महत्वपूर्ण रहेको बताए।
जनयुद्ध र त्यसबाट स्थापित भएको मूल्य तथा मान्यतालाई उल्ट्याउने प्रवृत्ति, विचार देखिएको भन्दै उनले पछिल्लो पटक संविधान, गणतन्त्र, उत्पीडित जनताको अधिकार खोस्ने षड्यन्त्रलाई निष्काम बनाइए पनि त्यस्ता शक्ति अझै कायम रहेको उल्लेख गरे।












