काठमाडौं उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण
काठमाडौं, फागुन १४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २०, ललितपुरमा ६ र भक्तपुरमा १...
काठमाडौं, फागुन १४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २०, ललितपुरमा ६ र भक्तपुरमा १ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर भने कुल १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै उपत्यकामा कुल २ हजार ९१६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा १ हजार ६४९, ललितपुरमा १ हजार ११५ र भक्तपुरमा १५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
शनिबार देशभर ८ हजार ८३९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०० बजे, शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












