Kathmandu Press

मनाङलाई रोक्दै लिग उपविजेता बन्यो आर्मी

काठमाडाैं, फागुन १४ : विभागीय त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग दोस्रो स्थानमा सकाएको छ।उपविजेता बनेसँगै आर्मीले ५० लाख रुपैयाँ प्राप्त गरेको...
मनाङलाई रोक्दै लिग उपविजेता बन्यो आर्मी

काठमाडाैं, फागुन १४ : विभागीय त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग दोस्रो स्थानमा सकाएको छ।

उपविजेता बनेसँगै आर्मीले ५० लाख रुपैयाँ प्राप्त गरेको छ। लिगको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई बराबरीमा रोक्दै आर्मी यो पटक पनि उपविजेता बनेको हो।

लिगको अन्तिचम चरणअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। आर्मीसँग बरारबीमा रोकिएपछि मनाङ भने पाँचौं भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो।

४५ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। तर, खेलको ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो।

यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्यो । र, आर्मी लिगको उपविजेता बन्यो। लिगमा अपराजित रहेको आर्मीले यस सिजन ५ जित र ८ बराबरी खेल्यो। न्युरोड टिम एनआरटीसँग अंक बराबरी भएपनि हेड टु हेडमा आर्मी अघि रहेको हो।

मनाङले १३ खेलमा २१ अंक जोड्यो, र उ पाँचौं स्थानमा रह्यो । मनाङले ६ जित ३ बराबरी र ४ हार बेहोर्यो ।

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्