Kathmandu Press

केटिएम रन : केन्याली धावक सिमोन र एपिएफकी पुष्पा च्याम्पियन

काठमाडाैं, फागुन १४ : सर्वाधिक पुरस्कार राशिको केटिएम रन टेन के प्रतियोगिताको उपाधि केन्याली धावक सिमोन किप्लागेट र एपीएफ क्लबकी पुष्पा भण्डारीले जितेका...
केटिएम रन : केन्याली धावक सिमोन र एपिएफकी पुष्पा च्याम्पियन

काठमाडाैं, फागुन १४ : सर्वाधिक पुरस्कार राशिको केटिएम रन टेन के प्रतियोगिताको उपाधि केन्याली धावक सिमोन किप्लागेट र एपीएफ क्लबकी पुष्पा भण्डारीले जितेका छन्। 

शेर्पा आउटडोरको केटीएम सिटीले दरबारमार्गमा शनिबार आयोजना गरेको १० किलोमिटर दौडमा पुरुषतर्फ सिमोन र महिलातर्फ पुष्पा च्याम्पियन बनेका हुन्। सिमोनले निर्धारित दुरी ३० मिनेट ५५।५८ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि जिते। दुर्गा बहादुर बुढाले ३० मिनेट ५७.६० सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे। तेस्रो भएका मुकेश पलले ३१ मिनेट २२.६३ सेकेण्डको समय निकाले।

पुरुषतर्फ अजित कुमार यादव, सन्तोष विष्ट, सुवास कार्की, टंक कार्की, राजेन्द्र तामाङ, सन्जिब नेपाली र दिनेश सिंह बोगटी क्रमशः चौथो देखि दशौं स्थानमा रहे।

महिलातर्फको उपाधि जित्ने क्रममा पुष्पाले निर्धारित दुरी ३६ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन्। महिलातर्फ एपीएफकै फुलमती राना ३७ मिनेट १४.०१ सेकेण्डको समयसहित दोस्रो भइन्। तेस्रो भएकी राममाया बुढाले ३९ मिनेट ४२.०८ सेकेण्डको समय निकालिन्।

महिलातर्फ बिन्द्रा श्रेष्ठ, सिमा थारु,सरस्वती बोहरा, आशा रावत,विमला कार्की, राधिका श्रेष्ठ र कृष्णश्वरी सिन्तकला चौंथो देखि दशौँ स्थानमा रहिन्। प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले ट्रफी सहित समान १÷१ लाख रुपैयाँ प्राप्त गरे।

यस्तै  दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे । शेर्पा आउटडोरले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको केटीएम रन आयोजना गरेको हो।

केटीएम रन दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएर सकिएको थियो।

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्