Kathmandu Press

वडाध्यक्ष कार्कीको निधनपछि राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

वीरेन्द्रनगर, फागुन १४ :  मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज (शनिबार) बिहानैदेखि...
वडाध्यक्ष कार्कीको निधनपछि राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

वीरेन्द्रनगर, फागुन १४ :  मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज (शनिबार) बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन्।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो। दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन्।

Hardik ivf

सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन्। नेकपा (माओवादी केन्द्र) बाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो।

रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए।

उनी सुर्खेतका निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा हुन्। कार्की कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए।

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्