कतार विश्वकपपछि टिटेले ब्राजिलियन टिम छाड्ने
रियो दि जेनेरियो, फागुन १४ : ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गरेका छन्। अगस्त २०१६...
रियो दि जेनेरियो, फागुन १४ : ब्राजिलका मुख्य प्रशिक्षाक टिटेले टिम छाड्ने घाेषाणा गरेका छन्। कतार विश्वकप लगत्तै ब्राजिलसँग टिटेकाे सम्झाैता सकिँदैछ, त्यसपछि सम्झाैता नवीकरण नगर्ने टिटेले उल्लेख गरेका छन्।
टिटेले एक अन्तर्वार्तामा भने, ‘म विश्वकपसम्म ब्राजिल टिममा रहनेछु। तपाईंलाई ढाँट्ने मसँग कुनै कारण छैन। मैले आफ्नो करियरमा सबै कुरा जितेको छु, हारेको गत विश्वकप मात्र हो।’
टिटे सन् २०१६ मा ब्राजिलकाे मुख्य प्रशिक्षक बनेका थिए। ६० वर्षीयले टिटेकाे प्रशिक्षणामा ब्राजिलले ७० खेल खेलकाे थियाे । जसमा ब्राजिलले ५१ जित, १४ बराबरी र पाँच हारको सामना गरेकाे छ।
टिटेको नेतृत्वमा ब्राजिल सन् २०१९को विश्वकपमा क्वार्टरफाइलनसम्म पुगेको थियो भने २०१९ मै कोपा अमेरिका जितेको थियो। यस्तै, सन् २०२१ को कोपा अमेरिकाको फाइनलमा पनि पुगेको थियो। ब्राजिल कतार विश्वकपका लागि छनोट भइसकेको छ ।











