Kathmandu Press

सूर्यविनायकमा विकास आयोजनाको अनुगमन

भक्तपुर, फागुन १४ : सूर्यविनायक नगरपालिका–८, ९ र १० मा भएका विकास  र निर्माणका कामको जनप्रतिनिधि र सञ्चारकर्मीले अनुगमन गरेका छन्। राष्ट्रिय सञ्चार केन्द्रको...
सूर्यविनायकमा विकास आयोजनाको अनुगमन

भक्तपुर, फागुन १४ : सूर्यविनायक नगरपालिका–८, ९ र १० मा भएका विकास  र निर्माणका कामको जनप्रतिनिधि र सञ्चारकर्मीले अनुगमन गरेका छन्। राष्ट्रिय सञ्चार केन्द्रको आयोजना एवं नगरपालिकाको समन्वयमा स्थानीय जनप्रतिनिधि र उपत्यकाका ३० पत्रकारले यहीँ फागुन ७ गतेदेखि सञ्चालमा आएको सूर्यविनायक नगर अस्पताल, वडा कार्यालय भवन, सडक, त्रिवेणी पुल, खानेपानी, डोलेश्वर मन्दिरलगायत क्षेत्र विकासका आयोजनाको स्थितिबारे अनुगमन गरेका हुन्। 

अनुगमनमा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुङ्गे पुल, नगरभित्रको शिब सर्किट, हनुमन्ते करिडोर निर्माणलगायत सडक एवं पुल निर्माण सम्पन्न भएको सञ्चारकर्मीलाई जानकारी दिए। वडा ८ का अध्यक्ष किरण थापाले जगातीमा सञ्चालनमा आएका ३७ शय्याको सूर्यविनायक नगर अस्पताल निर्माणमा रु ८ करोड ५० लाखको लागमा  निमार्ण गरिएको र अस्पतालको आइसीयुमा चार, एचडीयुमा १०, साधारणमा १३ र आकस्मिक कक्षमा १० सहित कूल ३७ शय्या सञ्चालनमा ल्याइएको जानकारी दिए। एक्सरे, साधारण शल्य चिकित्सा, औषधि पसल, ओपीडी सेवा, स्वास्थ्य बीमाअन्र्तगतका सेवा अस्पतालले सञ्चालन गरेको छ। 

Hardik ivf

सोही वडाको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर निर्माणका लागि रु. ५५ करोड लाग्ने अनुमान गरिएकामा हालसम्म रु. १२ करोडको  लगानीमा मन्दिर निर्माण, तामाको छानो राख्ने, गणेश, हनुमान मन्दिर चौबन्दी सत्तल, ६४ लिंग, ढुङ्गेधारा, पितृ कार्य गर्ने भवनलगायत संरचना निर्माण गरिएको जानकारी दिँदै उहाँले  नगरपालिकाको रु २० लाखको लागतमा मन्दिरको मुख्य द्वार निर्माण गरिएको बताए। 

त्यस्तै करिब रु एक करोडको लागतमा निर्माण गरिएको सिपाडोल खानेपानी आयोजनाबाट ८०० घरधुरी लाभान्वित भएको उनको भानाइ थियो। यसैगरी रु. २ करोडको लागतमा सिपाडोलकै शान्ति निकेतन माविको भवन निर्माण गरिएको बताइएको थियो।

यसैगरी वडा १० को वडा कार्यालय रु एक करोड ६८ लाखको लागतमा परम्परागत शैली एवं आकर्षक स्वरुपमा निर्माण गरिएको र यही फागुन २१ गते भवन उद्घाटन गरेर सञ्चालनमा ल्याइने त्यहाँका वडाध्यक्ष शिवराम राउतले जानकारी दिए। 

राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले स्थानीय सरकारको कार्यकाल सकिन लाग्दा सञ्चारकर्मीले स्थानीय सरकारका विकासको अवस्थाबारे अनुगमनबाट जानकारी लिएको बताए।

प्रकाशित मिति: १२:४७ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्