Kathmandu Press

कर्णालीकाे बजेट खर्च अनियमित, छानबिन समिति गठन

सुर्खेत, असोज ६ : बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनमा अनियमतिता भएको गुनासो आएपछि छानबिन गर्न कर्णाली प्रदेश सरकारले समिति गठन गरेको छ।

आर....

कर्णालीकाे बजेट खर्च अनियमित, छानबिन समिति गठन

सुर्खेत, असोज ६ : बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनमा अनियमतिता भएको गुनासो आएपछि छानबिन गर्न कर्णाली प्रदेश सरकारले समिति गठन गरेको छ।

आर्थिक वर्ष २०७५/७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनमा अनियमितता भएको गुनासो आएको छ। विभिन्न क्षेत्रबाट गुनासो आएपछि छानविन समिति गठन गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बताइन्।

प्रदेश सभामा सत्तापक्ष र विपक्ष दलका सांसदले अनियमितता भएको भन्दै आलोचना गरेका थिए। सत्तारुढ नेकपाकै सांसदले पनि छानविनको माग गरेका थिए।

सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिँदै मन्त्री केसीले डा.भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताइन्। सर्वसाधारणसँगै प्रदेश सभामासमेत यस विषयमा आवाजा उठेपछि छानविन समिति गठन गर्नु परेको उनको भनाइ छ।

‘समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ,’ उनले भनिन्, ‘जुन प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्नेछ।’

त्यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजका लागि आदेश जारी गर्ने निर्णय गरेको उनले बताइन्।

त्यसैगरी प्रदेश सरकारको बैठकले दैलेख घर भई अहिले सुर्खेत साझा बिसौनी दैनिकमा कार्यरत पत्रकार डिलप्रसाद शर्मालाई ‘बोनम्यारो ट्रान्सप्लान्ट’का लागि उपचार खर्चबापत पाँच लाख र करेन्ट लागेर बिरामी भइ काठमाडौँमा उपचारत सोरु गाउँपालिका–१ मुगुका अमर दमाईंलाई  एक लाख खर्च सहयोग निर्णय गरेको प्रवक्ता केसीले बताइन्।

 

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, असोज ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्