आज पनि केही प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं, फागुन १४: पश्चिमी वायुको प्रभावले आज पनि केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसन पूर्वानुमान महाशाखाका...
काठमाडौं, फागुन १४: पश्चिमी वायुको प्रभावले आज पनि केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसन पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती‚ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको छ। यससँगै असिना पर्न सक्ने महाशाखाले जनाएको छ।
आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउसो पनि प्रदेश १, बागमती‚ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित असिना र पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै‚ देशको उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राति देशका अधिकांश प्रदेशमा मौसम बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)