Kathmandu Press

सुनसरीको कोशी गाउँमा लालपुर्जा वितरण

सुनसरी, फागुन १४: भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुनसरीको कोशी गाउँपालिकामा रहेका गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन्।शुक्रबार...
सुनसरीको कोशी गाउँमा लालपुर्जा वितरण

सुनसरी, फागुन १४: भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुनसरीको कोशी गाउँपालिकामा रहेका गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन्।

शुक्रबार आयोजित एक कार्यक्रममार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै उनले जिल्लाका सबै गाउँब्लकमा लालपुर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन्।

Hardik ivf

मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि प्रविधिको प्रयोगमा जोड दिएको, नक्साको मूल्य घटाउन लागिएको, जग्गाको लेखापढीमा जथाभावी रूपमा रकम लिने पद्धति रोक्न काम सुरु गरेको र मुक्त हलिया, कमलरी, कमैयाको वस्तविकता अध्ययन गर्न गरी समस्या समाधान गर्न काम सुरु गरेको बताइन्।

हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपुर्जा वितरण गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। मन्त्रालयले २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र जग्गा भएर पनि लालपुर्जाविहीन बनिरहेका नागरिकलाई लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको छ। (रासस)

प्रकाशित मिति: ०६:४२ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्