Kathmandu Press

कांग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २० गते

धनुषा, फागुन १३ : नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ। आज यहाँ बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट सुरु...
कांग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २० गते

धनुषा, फागुन १३ : नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ। आज यहाँ बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट सुरु गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर यादवले जानकारी दिएका छन। यसअघि १५ गतेका लागि जिल्ला अधिवेशन केन्द्रले निर्धारण गरेका थिए।

सांसदहरु एमसिसीको विषयमा १६ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी हुन जानुपर्ने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी मिथिला परिक्रमा प्रारम्भ हुने भएकोले जिल्ला अधिवेशन सारिएको कांग्रेस धनुषाका सचिव यादवले जानकारी दिए।

निर्धारित नयाँ मिति अनुसार जिल्लाले २० गते उम्मेदवारी दर्ता, २१ गते दाबी बिरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: २०:५८ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्