दशैंका लागि टिकट बुकिङ गर्न झिसमिसेदेखि नै लाइन
काठमाडौं, असोज ६ : दशैंका लागि आइतबारदेखि टिकट बुकिङ सुरू भएको छ। तर, पहिलो दिन कयौं टिकट नपाएर फर्किएका छन्।
सोमबार बिहान पनि झिसमिसेद....

काठमाडौं, असोज ६ : दशैंका लागि आइतबारदेखि टिकट बुकिङ सुरू भएको छ। तर, पहिलो दिन कयौं टिकट नपाएर फर्किएका छन्।
सोमबार बिहान पनि झिसमिसेदेखिनै घुइँचो लागेको थियो। नयाँ बसर्पाकमा भिडभाड बढेको छ। कयौं टिकट काट्ने पालो कुरेर उभिएका छन्।
टिकट बुकिङ गर्न समेत राम्रो व्यवस्था नभएको यात्रुले गुनासो गरेका छन्। टिकट बुकिङ गर्ने व्यवस्थित काम नहुँदा सास्ती खेप्नु परिरहेको उनीहरुले गुनासो गरेका छन्।
कतिपयले यात्रुले भोकभोकै लाइनमा बसेको बताए। तैपनि हिजो टिकट काट्न नपाउदा आज फेरि बिहानै आएको उनीहरुको भनाइ थियो।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा आइतबारदेखि टिकट बुकिङ सुरू गरिएको हो। दशैंमा लाखौं यात्रु काठमाडौंबाट बाहिरिने गरेका छन्।











