Kathmandu Press

महाशिवरात्रिमा पशुपति क्षेत्रमा ५० लाखका बत्ती र फूलले सजाइँदै

काठमाडाैं, फागुन १३ : महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ। दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा...
महाशिवरात्रिमा पशुपति क्षेत्रमा ५० लाखका बत्ती र फूलले सजाइँदै

काठमाडाैं, फागुन १३ : महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ। दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ।

पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताए। फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो। बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन्। दाताको करिब ५० लाख रूपैयाँ बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो।

यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ। दाताले आफैँ कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन्। पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ। यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ।

महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ। खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएको छ। ठाउँ ठाउँमा बिजुली बत्तीले पशुपति क्षेत्र सुन्दर देखिएको छ। महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुना कुनामा भीड बढेको छ। हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्