जाल्पा लघुवित्तबाटद ३ लाख नगदसहित विभिन्न धनमाल चोरी
सल्यान, फागुन १३ : कालिमाटी गाउँपालिका–३ रामपुरस्थित जाल्पा सामुदायिक लघुवित्तबाट नगद ३ लाख १७ हजार १ सय ९५ रुपैयाँ, भगवती मन्दिरको दान पेटिका र...
सल्यान, फागुन १३ : कालिमाटी गाउँपालिका–३ रामपुरस्थित जाल्पा सामुदायिक लघुवित्तबाट नगद ३ लाख १७ हजार १ सय ९५ रुपैयाँ, भगवती मन्दिरको दान पेटिका र सोही ठाउँस्थित थल बहादुर खत्रीको कोठाबाट सुनको सिक्री, औंठी र नगद ४ हजार रुपैयाँ गएराति चोरी भएको छ।
उक्त स्थानमा चोरी भएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले बुझ्दा उक्त धनमाल चोरी भएको खुल्न आएको हो।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)