विभिन्न स्थानमा सातजना मृत फेला
काठमाडौं, फागुन १३ : देशका विभिन्न स्थानमा सातजना मृत फेला परेका छन्।महोत्तरीको बर्दिवास नगरपालिका-४ विश्वकर्मा चोकस्थित श्रीबाबा विश्वकर्मा मोटरसाइकल वर्कसपको ग्यारेजभित्र सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने...
काठमाडौं, फागुन १३ : देदेशका विभिन्न स्थानमा सातजना मृत फेला परेका छन्।
महोत्तरीको बर्दिवास नगरपालिका-४ विश्वकर्मा चोकस्थित श्रीबाबा विश्वकर्मा मोटरसाइकल वर्कसपको ग्यारेजभित्र सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने ४४ वर्षीय धनकुमार लामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहा बस्ने ४० वर्षीय नारायण मल्ल आफ्नै घरभित्र सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
मोरङको सुनवर्षी नगरपालिका-७ बरडंगा चैटा बस्ने ६० वर्षीय गंगा प्रसाद ताँती घर नजिकै रहेको पोखरीमा डुबेर शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
धनुषाको जनकपुर उपमहानगरपालिका-२० स्थित माँ भवानी फिक्स इँटा उद्योगमा काम गरी बस्ने भारत घर भएका ३५ वर्षीय सहदेव बर्मा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
मंगलबार रातिदेखि इँटा उद्योगबाट हराएर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा सोही ठाउँस्थित जलाद खोलामा डुबेको अवस्थामा शव फेला परेको हो।
सुनसरीको रामधुनी नगरपालिका-९ छप्की पोखरी बस्ने ४५ वर्षीया सेवकी मोची शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । घरमा कोही नभएको अवस्थामा घुर ताप्नेक्रममा घुरमा घोप्टो परी लडेर जलेको अवस्थामा उनको शव फेला परेको हो।
मोरङको लेटाङ नगरपालिका-८ बस्ने अजय राईकी छोरी १२ वर्षीया करुणा राई सोही नगरपालिकास्थित हिरा सामुदायिक वनमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
लेटाङ नगरपालिका-८ स्थित जाँते माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनी बुधबार स्कुलबाट घरतर्फ आउनेक्रममा हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनको शव उक्त वनमा ढुंगाले छोपेर राखिएको अवस्थामा फेला परेको हो।
घटनामा शंकास्पद पाँचजनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्हरीले जनाउको छ।












