Kathmandu Press

सोलुखुम्बुमा अनियन्त्रित भई गाडी दुर्घटना हुँदा चालकको मृत्यु

सोलुखुम्बु, फागुन १३ : आफै अनियन्त्रित भई सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ पात्तालस्थित सडकमा प्रदेश ३–०१–००३ क ६२८९ नम्बरको गाडी...
सोलुखुम्बुमा अनियन्त्रित भई गाडी दुर्घटना हुँदा चालकको मृत्यु

सोलुखुम्बु, फागुन १३ : आफै अनियन्त्रित भई सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ पात्तालस्थित सडकमा प्रदेश ३–०१–००३ क ६२८९ नम्बरको गाडी आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल झरेर आज (शुक्रबार) बिहान दुर्घटना भएको प्हरीले जानकारी दिएको छ।

Hardik ivf

प्हरीका अनुसार गाडी चालक गोरखा साबिक सौरापानी गाविस–५ बस्ने ३० वर्षीय अर्जुन थेवाली मगरको घटनास्थलमै मृत्यु भएको हो।

उक्त गाडी मिक्चर लोड गरी एमडी दुगड हाइड्रोपावरतर्फ जाँदै गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्