Kathmandu Press

४५ केजी गाँजा बरामद

धनुषा, फागुन १३ : धनुषाको कमला नगरपालिका–५ कमला खोला नजिकबाट करिब ४५ केजी अवैध लागूऔषध गाँजा बिहीबार बेलुकी प्रहरीले बरामद गरेको छ। उक्त स्थानमा...
४५ केजी गाँजा बरामद

धनुषा, फागुन १३ : धनुषाको कमला नगरपालिका–५ कमला खोला नजिकबाट करिब ४५ केजी अवैध लागूऔषध गाँजा बिहीबार बेलुकी प्रहरीले बरामद गरेको छ। 

उक्त स्थानमा इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी सिङग्याहीमडानबाट खटिएको संयुक्त प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त गाँजा सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो।  

हाल फरार रहेका अपरिचित व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्