Kathmandu Press

सरुवा रोग अनुसन्धान केन्द्रको भवन शिलान्यास

कैलाली, फागुन १३ : कैलालीको टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्रको भवन निर्माण गर्न लागिएको छ।सुदूरपश्चिम प्रदेशले उपलब्ध गराएको बजेटमा निर्माण हुन लागेको उक्त...
सरुवा रोग अनुसन्धान केन्द्रको भवन शिलान्यास

कैलाली, फागुन १३ : कैलालीको टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्रको भवन निर्माण गर्न लागिएको छ।

सुदूरपश्चिम प्रदेशले उपलब्ध गराएको बजेटमा निर्माण हुन लागेको उक्त केन्द्र टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले आज शिलान्यास गरे।

Hardik ivf

उनले पछिल्लो समय विभिन्न खालका सरुवा रोगको सङ्क्रमण बढ्दै गएको अवस्थामा यस केन्द्रले पुर्‍याउने सेवा महत्वपूर्ण हुने बताए।

स्वास्थ्यका क्षेत्रमा टीकापुर धेरै अगाडि बढेको र त्यसमा पनि प्रदेश सरकारको लगानीमा निर्माण हुने यो केन्द्रले थुप्रै सम्भावनालाई बोकेकाले यस्ता कार्यमा नगरपालिकाको पनि साथ र सहयोग रहने नगरप्रमुख रावलले बताए।

४ करोडको लागतमा सुरु गरिएको यस केन्द्रलाई बहुवर्षीय आयोजनाको रुपमा लिइएको टीकापुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष दीपक रावलले बताए।

उनले यस केन्द्रका लागि रु १६ करोड बजेट आवश्यक पर्ने बताउँदै यसबाट टीकापुर अस्पतालको क्षमता वृद्धिमा समेत टेवा पुग्ने बताए।

प्रदेश सरकारले गत आर्थिक वर्षमा उक्त केन्द्रका लागि रु दुई करोड बजेट विनियोजन गरेकामा कोरोना सङ्क्रमणका कारण काम अगाडि बढ्न नसकेकाले त्यसलाई क्रमागतमा राखेर चालु आर्थिक वर्षमा पुनः रु दुई करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको थियो।

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्