Kathmandu Press

अवैध रूपमा लैजान लागेको मलेसियन रिंगेटसहित भारतीय नागरिक पक्राउ

अवैध रूपमा लैजान लागेको मलेसियन रिंगेटसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, फागुन १३ : अवैध रुपमा लुकाईछिपाई विदेश लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

राहदानी नम्बर भी ४७१८४३६ वाहक ४० वर्षीय आरिसलाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका आरिसलाई विशेष सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।

उनले लिई आएको लगेजभित्र खैरो रङको खाममा विभिन्न दरका गरी उक्त परिमाणको मलेसियन रिंगेट फेला परेको प्रहरीको भनाइ छ।

प्हरीका अनुसार बरामद मुद्रासहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ। 

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्