Kathmandu Press

राेकिराखेकाे गाडीमा मोटरसाइकल ठाेक्किँदा एकजनाकाे मृत्यु

काठमाडौं, फागुन १३ : काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-७ स्थित सडकमा रोकी राखेको बा२ख ७०४९ नम्बरको गाडीमा चन्द्रारागिरीतर्फ जाँदै गरेको प्र–३०२–११ प २९१९ नम्बरको मोटरसाइकल ठोक्किँदा एकजनाकाे...
राेकिराखेकाे गाडीमा मोटरसाइकल ठाेक्किँदा एकजनाकाे मृत्यु
Hardik ivf

काठमाडौं, फागुन १३ : काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-७ स्थित सडकमा रोकी राखेको बा२ख ७०४९ नम्बरको गाडीमा चन्द्रारागिरीतर्फ जाँदै गरेको प्र–३०२–११ प २९१९ नम्बरको मोटरसाइकल ठोक्किँदा एकजनाकाे मृत्यु भएकाे छ।

बिहीबार राति भएकाे दुर्घटनामा मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका-२ घर भई चन्द्रागिरी बस्ने २६ वर्षीय आकाश रानाभाटको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र गाडी चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्