Kathmandu Press

सीमानाकामा पनि सङ्क्रमणदर घट्दै

नेपालगञ्ज, फागुन १३ : मुलुकमा कोरोना भाइरस सङ्क्रमण घटेसँगै सीमानाकामा पनि घटेको पाइएको छ । बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश...
सीमानाकामा पनि सङ्क्रमणदर घट्दै

नेपालगञ्ज, फागुन १३ : मुलुकमा कोरोना भाइरस सङ्क्रमण घटेसँगै सीमानाकामा पनि घटेको पाइएको छ । 

बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोभिड–१९ परीक्षण गराउँदा सङ्क्रमण घटेको पाइएको हो ।सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा सङ्क्रमण बढेकोमा अहिले घटेको पाइएको छ। 

मुलुकमा नै कूल परीक्षण गराएकामध्ये ४।१ प्रतिशतमा मात्र सङ्क्रमण रहेको छ । हिजो फागुन १२ गते सात हजार ७४३ जना परीक्षण गराउँदा ३१८ मा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो। भारतको विभिन्न प्रान्तबाट फर्किएकाको परीक्षण गर्दा सङ्क्रमण घटेको पाइएको हो । फागुनयता सङ्क्रमित हुने सङ्ख्यामा कमी आएको जमुनाहा सीमानाकाका स्वास्थ्य सहयोग कक्षका प्रमुख गीता शाहीले जानकारी दिए। 

Hardik ivf

फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन ५ मा ३२६, फागुन १० गते १५७ र फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको उनले बताए ।  

यस्तै फागुन २ गते २९५ मा तीन, फागुन ३ गते १६३ मा दुई,  फागुन ४ गते ३४० मा तीन, फागुन ६ गते ३१५ मा चार, फागुन ७ मा २३२ मा एक, फागुन ८ गते २८३ मा तीन, फागुन ९ गते १७५ मा एक र फागुन ११ गते ३१७ मा परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको थियो । 

तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६६० को परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको थियो । सिनियर अनमी शाहीले अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये दुई जनालाई मात्र लक्षण देखिएको बताए । सहायता कक्षले भारतबाट नेपाल आउनेलाई कोरोना भाइरसविरुद्धको खोप पनि लगाउने गरेको छ । उनका अनुसार दैनिक ४० देखि ५० जनालाई खोप लगाउने गरिएको छ । नेपाल फर्केकालाई पहिलो, दोस्रो र बुस्टर डोज दिइने थालिएको उनले बताए। यही फागुन ९ गतेदेखि यता १९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । सहायता कक्षले सीमानाकामा स्वदेश फर्कनेलाई अहिले जोन्सन एण्ड जोन्सन खोप लगाइरहेको छ। 

यस्तै कैलाली–कञ्चनपुरको भारत नाका जोड्ने त्रिनगर स्वास्थ्य सहायता कक्षका प्रमुख गणेशबहादुर साउँदले पनि भारतबाट आउने नेपालीमा सङ्क्रमण कम देखिने गरेको बताए। उनले हिजो फागुन १२ गते २०१ जनाले परीक्षण गराउँदा कसैमा पनि सङ्क्रमण नदेखिएको बताए। उनले भारतबाट नेपाल फर्कने नेपालीको कोभिड–१९ परीक्षण गर्दा दुई हप्तादेखि सङ्क्रमण घटेको बताए।  

फागुन ११ गते ३७३ मा एक, फागुन १० गते ४०८ मा तीन, फागुन ९ गते २१६ मा तीन, फागुन ८ गते ३२० मा एक र फागुन ७ गते ४०२ मा पाँच जनामा सङ्क्रमण देखिएको छ । यस्तै फागुन ६ गते ३९१ मा दुई, फागुन ५ गते ४६४ मा एक, फागुन ४ गते ३९० मा तीन, फागुन ३ गते २५६ मा तीन, फागुन २ गते ४९९ परीक्षणमा दुई र फागुन १ गते ४४० मा तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सहायता कक्षका प्रमुख साउँदका अनुसार तेस्रो लहरको सङ्क्रमण हुँदा एकै दिन नाकामा १३७ जनामा पनि सङ्क्रमण देखिएको थियो । पुस ३० गते एकै दिन १३७ मा सङ्क्रमण देखिएको थियो । यस्तै पुुुस २९ गते ८६२ मा परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि सीमा नाकामा पुस १७ गतेदेखि माघ २० गतेसम्म सङ्क्रमण सङ्ख्या बढेको उनले बताए। 

उक्त नाकाबाट दैनिक भारतको महाराष्ट्र, मुम्बई, दिल्ली, बैङ्लौर, पुनालगायत प्रान्तबाट दैनिक ४०० देखि ५०० मानिसहरु स्वदेश फर्किरहेका छन् । उनले स्वदेश आउने नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप पनि प्रदान गरिरहेको जानकारी दिए। 

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्