Kathmandu Press

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

मङ्गलबारे, फागुन १३ : इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन...
चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

मङ्गलबारे, फागुन १३ : इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो।

नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ ।

Hardik ivf

निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका छन् । निजी जमिनमा जाने सडकसमेत चियाबारी मासेर निर्माण भएपछि स्थानीय युवा र कन्याम चिया विकास निगमले उक्त सडक केही दिनअघि नै बन्द गरेको थियो । सडक बन्द गरे पनि जर्बजस्ती निर्माण गर्न खोजेको भन्दै सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताइएको छ ।

गएको माघ २४ गते अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई चिया बगान अतिक्रमण रोक्न सहयोग गर्न परिपत्र गरेको थियो । अर्थ मन्त्रालयकोे पत्रपछि गृह मन्त्रालयले जिल्लामा परिपत्र गरेको र जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई सुरक्षा मिलाउने जिम्मा दिएको बताइएको छ । इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार सरकारको परिपत्रअनुसार सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । उनले तत्काल दुवै पक्षलाई उक्त स्थानमा कुनै गतिविधि नगर्न भनिएको जानकारी दिए। 

बगान व्यवस्थापन पक्षले पर्खाल लगाउने काम गरेको भए पनि स्थानीय तारा नेपालको नेतृत्वमा एक समूहले उक्त पर्खाल भत्काएको कन्याम चिया बगानका प्रबन्धक सचिन सुब्बाले जानकारी दिए। अर्थ मन्त्रालयले सूर्योदय नगरपालिकामा सडक निर्माण गर्दा १५ रोपनी र पाल्टागेमा व्यक्तिले १७ रोपनी जमिन अतिक्रमण गरेको बताइएको छ । 

विसं २०५४ मा तत्कालीन सरकारको अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका सात चिया बगान भारतको त्रिवेणी सङ्घाई ग्रुपलाई भाडामा दिएको थियो । कन्याममा मात्र चिया बगानको करिब २० हेक्टर जमिन रहेको छ।  

प्रकाशित मिति: ०९:३८ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्