बार्सिलोना युरोपा लिगको अन्तिम-१६ मा
काठमाडौं, फागुन १३ : स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम-१६ मा प्रवेश गरेको छ।बिहिबार राति भएको दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ४-२ ले...
काठमाडौं, फागुन १३ : स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम-१६ मा प्रवेश गरेको छ।
बिहिबार राति भएको दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ४-२ ले पराजित गर्दै समग्रमा ५-३ को जित निकाल्दै बार्सिलोनाले प्रि-क्वाटरफाइनल स्थान पक्का गरेको हो।
बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्ने र माथेओ पोलिटानो ले सान्त्वना गोल गरे ।
यसअघि बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
प्रकाशित मिति: ०८:०४ बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











