कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल
भक्तपुर, असोज ५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मारकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा क....

भक्तपुर, असोज ५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मारकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छिन्।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा 'प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी' विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरेकी हुन्।
'योजना माग्न आउँदा कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस्। काम गर्नेले पाउँदैन। कागज बनाउनेले पाउँछ। सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउँदै पाउँदैन। किनकी उसको नेतासँग पहुँचै छैन। र उ दिनदिनै आउन पनि भ्याउदैन। अनि भेट्न पनि सक्दैन', मन्त्री अर्यालले भनिन्।
अब योजना बाँडफाँड गर्दा यी कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गरिन्। उनले भनिन्, 'कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस्। अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुने गरी हामी अघि बढौं।'
हिजोको परम्परावादी शैलीले अब कुनैपनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गरे। अहिलेपनि आक्रमण गर्ने, अनआस्था फैलाउने, अविश्वास खडा गर्ने, हाम्रो व्यवस्थामाथि प्रश्न उठाउने ठाउँमा पुर्यााउने गरी चलखेल शुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।











