Kathmandu Press

भारतबाट नेपाली सेनालाई एकलाख डोज खोप सहयोग 

काठमाडौं, फागुन १३ : भारतीय सेनाले नेपाली सेनालाई कोभिड १९ विरुद्धको खोप सहयोग गरेको छ । नेपाली सेना र नेपालमा बसोबास गर्ने भूतपूर्व भारतीय...
भारतबाट नेपाली सेनालाई एकलाख डोज खोप सहयोग 

काठमाडौं, फागुन १३ : भारतीय सेनाले नेपाली सेनालाई कोभिड १९ विरुद्धको खोप सहयोग गरेको छ । 

नेपाली सेना र नेपालमा बसोबास गर्ने भूतपूर्व भारतीय गोर्खा सैनिकहरू तथा तिनका आश्रित परिवारहरूलाई प्रदान गर्न सहयोग स्वरूप भारतले सो खोप उपलब्ध गराएको जंगी अड्डाले जनाएको हो । 

Hardik ivf

उक्त एक लाख डोज खोप लेफ्टिनेन्ट जेनेरल पीएन अनन्तनारायणले सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बलाधिकृत रथी कार्कीले यस सहयोगका लागि मित्रराष्ट्र भारत तथा भारतीय सेनालाई धन्यवाद ज्ञापन समेत गरेका थिए । 

प्रकाशित मिति: २०:०८ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्