Kathmandu Press

काठमाडौंमा ५१ र ललितपुरमा ७ संक्रमित थपिँदा भक्तपुरमा शून्य

काठमाडौं, फागुन १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ५१ र ललितपुरमा ७ जनामा संक्रमण...
काठमाडौंमा ५१ र ललितपुरमा ७ संक्रमित थपिँदा भक्तपुरमा शून्य

काठमाडौं, फागुन १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ५१ र ललितपुरमा ७ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भक्तपुरमा भने आज संक्रमित शून्य रहेको छ।  

देशभर भने कुल ३१८ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल ३ हजार ४ सयजना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा २ हजार १२, ललितपुरमा १ हजार १ सय ७३ र भक्तपुरमा २१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

बिहीबार देशभर ९ हजार ६ सय ७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्