Kathmandu Press

‘ए’ डिभिजन लिग फुटबल : हिमालयन र फ्रेन्ड्स बराबर

काठमाडौं, फागुन १२ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको...
‘ए’ डिभिजन लिग फुटबल : हिमालयन र फ्रेन्ड्स बराबर

काठमाडौं, फागुन १२ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेका हुन्। प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो।

खेलको ७३ औं मिनेटमा हिमालयनका दिवस उराउले आत्मघाती गोल गरेपछि फ्रेन्ड्सले १–० गोलको अग्रता बनाएका थियो। रोनिल एन्थोनी पाउलको फ्रि–किक हेडर मार्फत क्लियर गर्न खोज्दा दिवसले आफ्नै पोस्टमा गोल गरेका थिए।

तर खेलको ८९औं मिनेटमा विशन गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। यस बराबरीसँगै हिमालयन र फ्रेन्ड्सले लिगको अन्त्य गरेको छ।

हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ। फ्रेन्ड्सले १३ खेलमा ११ अंक जोडेको छ।

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्