Kathmandu Press

फागुन १५ देखि चैत ९ सम्म उपत्यका सरसफाइ अभियान

काठमाडौं, फागुन १२ : आगामी फागुन १५ देखि चैत ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सूचित भएका ७ वटा सम्पदाहरुको सरसफाइ...
फागुन १५ देखि चैत ९ सम्म उपत्यका सरसफाइ अभियान

काठमाडौं, फागुन १२ : आगामी फागुन १५ देखि चैत ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सूचित भएका ७ वटा सम्पदाहरुको सरसफाइ अभियान सञ्चालन हुने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाइ अभियान सञ्चालन हुने जानकारी दिइएको हो।  २५ दिने उपत्यका सफाई अभियानमा सम्बन्धित नगरपालिकाका मेयरहरुलाई बोलाउने अभियानको कार्यक्रम रहेको छ।

Hardik ivf

पत्रकार सम्मेलनमा अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाइ गर्दै आएको बताए।

सरसफाइको सुरुवात टोलबाट गरे पनि पछि काठमाडौं उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायत धेरै सफाइ अभियान चलाउँदै आएको उनले जानकारी दिए।  

त्यस्तै, मैतीदेवी वातावरण संरक्षण अभियानका संयोजक राजेश श्याम मिश्रले उपत्यका व्यापी सरसफाइ सबैले आ–आफ्नो ठाउँमा रहेर मात्र सम्भव नभएपछि एकीकृत भएर उपत्यका ब्यापी सरसफाइ अभियान सञ्चालन गर्न लागेको बताए।

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्