सेनालाई एक लाख मात्रा खोप उपहार
काठमाडौं, फागुन १२ : भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ। नेपाली सेनाको प्रधान कार्यालयमा आज (बिहीबार) आयोजित...
काठमाडौं, फागुन १२ : भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ।
नेपाली सेनाको प्रधान कार्यालयमा आज (बिहीबार) आयोजित एक संक्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे।
भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो।
प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)