किशोरीलाई यौन दुर्व्यवहार गर्ने ७० वर्षीय वृद्धलाई तीन महिना कैद
सप्तरी, असोज ४ : किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ७० वर्षीय वृद्धलाई तीन महिना कैद सजाय सुनाइएको छ।
जिल्ला अदालत सप्तरीले किशोरीसँग ....

सप्तरी, असोज ४ : किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ७० वर्षीय वृद्धलाई तीन महिना कैद सजाय सुनाइएको छ।
जिल्ला अदालत सप्तरीले किशोरीसँग यौन व्यर्वहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय सुनाएको हो। जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गरेर सजाय सुनाएको छ।
अदातलले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको हो। उनलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाले बताए।
अदालतको फैसलामा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महिना कैद र ३० हजार जरिवाना हुने ठहर्छ।’
उनले गत भदौ ७ गते बाटो हिडिरहेकी किशोरीलाई घरभित्र बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। किशोरीकी आमाले उनीविरुद्ध भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। त्यसको एक वर्षपछि आज जिल्ला अदालतले फैसाल सुनाएको हो।











