Kathmandu Press

एसियन कप छनोट : जोर्डन, कुवेत र इन्डोनेसियासँगै नेपाल समूह 'ए'मा

काठमाडाैं, फागुन १२ : एसियन कप छनोटको तालिका सार्वजनिक गरेको छ।एएफसीले बिहीबार सर्वाजनिक गरेको तालिका अनुसार नेपाल कठिन समूहमा परेको छ।नेपाल रहेको समूह...
एसियन कप छनोट : जोर्डन, कुवेत र इन्डोनेसियासँगै नेपाल समूह 'ए'मा

काठमाडाैं, फागुन १२ : एसियन कप छनोटको तालिका सार्वजनिक गरेको छ।

एएफसीले बिहीबार सर्वाजनिक गरेको तालिका अनुसार नेपाल कठिन समूहमा परेको छ।

नेपाल रहेको समूह एमा बलिया टिम जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्। समूह 'ए'का खेल कुवेतमा आयोजना हुनेछ।

अन्तिम चरणको छनोटबाट ११ टिमले एसियन कपमा स्थान बनाउनेछन्। आयोजक चीनसहित १३ टिमको टुंगो भने लागिसकेको छ।

२४ टोलीले अन्तिम चरणको छनोट खेल्नेछन्। बिहीबार भएको ड्रमा २४ टोलीलाई ६ समूहमा बाँडिएको छ र हरेक समूहको शीर्ष टोली र उपविजेता मध्ये उत्कृष्ट ५ ले एसियन कपमा स्थान बनाउने छ।

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्