Kathmandu Press

डा.रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान

काठमाडौं, असोज ५ : नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ प्रदान गरिएको छ।

....
डा.रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान
रासस

काठमाडौं, असोज ५ : नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ प्रदान गरिएको छ।

आइतबार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भणडरीले डा.रुइतलाई पुरस्कार प्रदान गरेकी छन्। सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पु¥याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र  प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिन थालेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा  राष्ट्रपति भण्डारीले डा.रुइतलाई पाँच लाखको राशिसहितको पुरस्कार प्रदान गरिन्।

त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगरका रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क, मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि बनाएका तनहुँका अन्वेषक विकल्प ढुङ्गानाको योगदानको कदर गर्दै ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही दुई लाख ५० हजार प्रदान गरिन्।

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्