बनेपाबाट चोरी भएको मोटरसाइकल ग्वार्कोमा फेला, एक पक्राउ
काठमाडौं, फागुन १२ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एकजनालाई नियन्त्रणमा लिएको छ। बिहीबार ललितपुरको ग्वार्कोबाट चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका हुन्। पक्राउ...
काठमाडौं, फागुन १२ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एकजनालाई नियन्त्रणमा लिएको छ। बिहीबार ललितपुरको ग्वार्कोबाट चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय आरटी तामाङ रहेका छन्। उनलाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको महाशाखाले जानकारी दिएको छ।
तामाङले बनेपाबाट पल्सर २२० सिसीको मोटरसाइकल चोरी गरेपछि नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै आएको अवस्थामा पक्राउ परेका हुन्। वास्तविक नम्बर प्रदेश ३–०२, ००४ प ९५९८ रहेकोमा तामाङले नम्बर परिवर्तन गरेर बा.प्र ०२, ०१७ प ७७२४ बनाई काठमार्डौमा चलाउँदै आएका थिए।
मोटरसाइकलका धनी काभ्रेका परमेश्वर श्रेष्ठ रहेको खुलेको छ । उनलाई मोटरसाइकल भेटिएको खबर दिइसकिएको महाशाखाले जनाएको छ।
पक्राउ परेका तामाङलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएको छ।












