ए डिभिजन लिगमा आजबादेखि अन्तिम चरणका खेल
काठमाडौं, फागुन १२ : शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणका खेल आजदेखि हुँदै छन्।अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज दुई...
काठमाडौं, फागुन १२ : शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणका खेल आजदेखि हुँदै छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज दुई खेल हुँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ।
हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा छ। फ्रेन्ड्स १२ खेलमा १० अंक जोडेर १२औं स्थानमा छ।
त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि दिउँसो १ बजे नै सुरु हुनेछ।
च्यासल १२ खेलमा ६ अंक जोडेर तालिकाको पुछारमा छ। च्यासल यसअघि नै रेलिगेशनमा परिसकेको छ।
अन्तिम चरणमा आइपुग्दा उपाधि र रेलिगेशनको यसअघि नै टुंगो लागिसकेको छ। अन्तिम चरणका खेलमा रौनकता कम देखिएको छ।
मछिन्द्रले दुई खेलअघि नै ३२ अंक जोडेर उपाधि रक्षा गरिसकेको छ। च्यासलेसँगै ब्रिगेड ब्वाइज पनि रेलिगेशनमा परिसको छ।












