Kathmandu Press

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

सप्तरी, फागुन १२ : सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।पत्थरगाढाका ४२ वर्षीय महादेव साहको करेन्ट लागेर...
करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

सप्तरी, फागुन १२ : सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

पत्थरगाढाका ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो।

करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

 

प्रकाशित मिति: ०८:०९ बजे, बिहीबार, फागुन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्