एमसीसीबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ठाकुरलाई
काठमाडाैं, फागुन ११ : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी)का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई...
काठमाडाैं, फागुन ११ : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी)का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बसेको संसदीय दलको बैठकले (एमसीसी) सम्झौता सदनमा प्रवेश पाएपछि मुलुकमा उत्पन्न समयसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल गरेको हो।
बैठकले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको पार्टी नेता एवं संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै उक्त पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ। लोसपा संसदीय दल १३ सदस्यीय छ।
प्रकाशित मिति: २०:५० बजे, बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












