पलविरुद्ध पक्राउ पुर्जी जारी, आजै पक्राउ गर्न प्रहरीकाे सर्कुलर
काठमाडाैं, फागुन ११ : जबरजस्ती करणीकाे आरोपमा उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध...
काठमाडाैं, फागुन ११ : जबरजस्ती करणीकाे आरोपमा उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हाे।
'पक्राउ पुर्जी जारी गरी काठमाडौं प्रहरीमा परिपत्र भइसकेको छ,' काठमाडौं प्रहरी स्रोतले भन्यो, 'पल शाहको मोबाइल अफ छ। हामी खोजी रहेका छौँ। आजै पक्राउ गरी तनहुँ पठाउँछौँ।'
अभिनेता पल शाहले नाबालिक गायिकामाथि तनहुँमा जवर्जस्ती गरेकाे भन्दै किशोरीकाे बुबाले तनहुँमा आजै किटानी जाहेरी दिएका थिए।
कास्की घर भएकी पीडित किशोरीका बुबा सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यलय कास्की गएका थिए। तर, कास्की प्रहरीले उनलाइर् तनहुँ पठाएकाे थियाे।
बुधबार प्रहरी कार्यलय तनहुँमा पीडित किशोरीका बुबाले दिएको जाहेरीमा भनिएकाे छ, 'छोरीले विगत तीन महिनादेखि काममा मन नलगाउने, एकोहोरो बस्ने गरेकाेले कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती करणी गरेको पाइएकाे छ।'
गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाइफकाई ‘बिहे गर्छु, धोका दिन्नँ’ भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ।











