Kathmandu Press

बैंक अफ काठमाण्डूका पूर्वसीईओसहित ६ कर्मचारी पक्राउ

काठमाडौं, असोज ५ : खोलाको जग्गामा नक्कली पूर्जा खाडा गरेर पाँच करोड बैंकबाट ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका तत्कालिन प्रमुख कार्यकारी अभिकृत (सीईओ....

बैंक अफ काठमाण्डूका पूर्वसीईओसहित ६ कर्मचारी पक्राउ

काठमाडौं, असोज ५ : खोलाको जग्गामा नक्कली पूर्जा खाडा गरेर पाँच करोड बैंकबाट ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका तत्कालिन प्रमुख कार्यकारी अभिकृत (सीईओ)सहित ६ जना पक्राउ परेका छन्।

बैंकिङ कसूरको आरोपमा बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो।

सीईओ श्रेष्ठलाई गत शुक्रबारनै पक्राउ गरिएको हो भने अन्यलाई शनिवार र आइतबार पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार, पक्राउ पर्नेहरुमा शुष्मा शाह, बिक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेका छन्। ऋणी र मूल्यांकनकर्ता भने अझै फरार रहेका छन्।

झापाका सुरेन्द्र श्रेष्ठले झापाको बिरिङ खोला भित्रमा पर्ने जग्गाको नक्कली लालपूर्जा खाडा थरेर चार वर्ष अघि पाँच करोड रुपैयाँ लिएको अनुन्धानबाट फेला परेका थियो।

बैंक अफ काठमाण्डूबाट सीइओ अजय श्रेष्ठ ०७४ असार मसान्तबाट बाहिरिएका हुन्। उनले करिब आठ वर्ष सीईओ भएर काम गरेका थिए।

प्रकाशित मिति: १२:४० बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्