Kathmandu Press

सरकार र पार्टीको कामको समीक्षा गरिरहेका छौं : प्रचण्ड

सुनसरी, असोज ५ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको कामको समीक्षा गरिरहेको बताएका छन्।

आज बिहान सुनसरीमा ....

सरकार र पार्टीको कामको समीक्षा गरिरहेका छौं : प्रचण्ड

सुनसरी, असोज ५ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको कामको समीक्षा गरिरहेको बताएका छन्।

आज बिहान सुनसरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘हामीले सरकार र पार्टी दुवैको कामको समीक्षा गरिरहेका छौं। यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको छ।’

उनले सोचअनुसार, सरकारले काम गर्न नसकेको भएपनि गति लिइरहेको जिकिर गरे। ‘सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन। थुप्रै मौलिक हकसम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो।’

उनले अर्को प्रसंगमा अहिलेको परिवर्तनमाथि खतरा आएको भन्ने कुरा सत्य नभएको बताएका छन्। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, केही मन्त्री र नेताहरुले अहिलेको परिवर्तन र प्रणालीमाथि खतरा आएको अभिव्यक्ति दिएपछि प्रचण्डको यो भनाइ आएको हो।

थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताए।

पत्रकार सम्मेलनमा प्रचण्डले अराजक गतिविधिको प्रतिवाद गर्नुपर्ने बताए। ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन। अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो,’ प्रचण्डले भने, ‘यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ।’

उनले यसलाई भौतिक रुपमा नभइ राजनीतिक र बैचारिक रुपमा परास्त गर्नुपर्ने बताए। त्यस्तै, भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १२:२४ बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्