Kathmandu Press

नेपाल भाषाको संरक्षण गर्ने ‘सिक्किम नेवा गुठी’लाई दुई लाखको पुरस्कार

मोरङ, फागुन ११ : नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्किम नेवा गुठी’ गान्तोकलाई यस वर्षको रु दुई लाखको ‘सुदर्शन–कपिला...
नेपाल भाषाको संरक्षण गर्ने ‘सिक्किम नेवा गुठी’लाई दुई लाखको पुरस्कार
Hardik ivf

मोरङ, फागुन ११ : नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्किम नेवा गुठी’ गान्तोकलाई यस वर्षको रु दुई लाखको ‘सुदर्शन–कपिला सिरपा’द्वारा सम्मान गरिने भएको छ।
    
झी पुचः(नेपाल भाषा तथा सांस्कृतिक) विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विगत २५ वर्षदेखि नेपाल भाषा, जात्रा र संस्कृति संरक्षणमा गुठीले सिक्किमका सबै जिल्लामा महत्वपूर्ण योगदान पुर्‍याएकाले यही फागुन १३ गते सम्मान गर्न लागिएको जानकारी दिइएको छ।
    
गुठीको योगदानका कारण सिक्किममा इन्द्रजात्राका दिन सार्वजनिक बिदा, नेपाल भाषालाई ऐच्छिक विषयका रूपमा अध्यापन गर्ने, न्हू दयाँ (नयाँ वर्ष), गाईजात्रा, बेल विवाह, व्रतबन्ध लाखेनाच जस्ता सांस्कृतिक कार्यक्रम विगतदेखि सञ्चालन गर्दै आइरहेको जानकारी दिइयो।
    
सिरपा ट्रष्टका दाता एवं संरक्षण सुदर्शन र कपिला श्रेष्ठले २० लाख रूपैयाँको अक्षय कोष स्थापना गरी प्रत्येक दुई वर्षमा नेपाल भाषा र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु र्‍याउने विश्वका संस्था तथा व्यक्तिलाई चयन गरिने व्यवस्था गरिएको झिपुचका अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए।
    
पुरस्कारको राशि प्रत्येक एक वर्षमा रु ५० थप गर्ने व्यवस्था गरिएको महासचिव सुरेशलाल श्रेष्ठले बताए। संस्थाका सन्देशदास श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जिव खनालले गुठीलाई उक्त पुरस्कार प्रदानबाट दुई राष्ट्रबीच सम्बन्ध सुदृढ हुनाका साथ विराटनगरको पहिचान स्थापित हुने विचार राखे।
    
यसअघि उक्त पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो। झी पुचःको पहल एवं विराटनगर महानगरको सहमतिमा न्युरो मार्गलाई ‘शङ्खधर साख्वा’ नामाकरण गरिएको छ।

प्रकाशित मिति: १८:४५ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्