Kathmandu Press

४ जना मृत अवस्थामा फेला

काठमाडौं, फागुन ११ : भक्तपुरको मध्यपुरठिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्ने ६६ वर्षीय जयनन्द लामा मृत अवस्थामा फेला परेका छन् । मिटिङमा सहभागी...
४ जना मृत अवस्थामा फेला

काठमाडौं, फागुन ११ : भक्तपुरको मध्यपुरठिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्ने ६६ वर्षीय जयनन्द लामा मृत अवस्थामा फेला परेका छन् । 

मिटिङमा सहभागी हुन मंगलबार साँझ काठमाडौं बौद्ध गएकोमा बुधबार बिहान आफ्नै घर अगाडि बा.३ च ७७४१ नम्बरको कारमा खुट्टा गाडीमै र शरीर भुइँमा रही मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Hardik ivf

यस्तै भोजपुरको भोजपुर नगरपालिकाको ६ प्रगती चोक बस्ने ४० वर्षीया सम्झना राई आफ्नै घरबाट २ सय मिटर टाढा रहेको सुंगुरको खोरभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

यता, रुपन्देहीको बुटवल उपमहानगरपालिका १० कालिकानगरस्थित जिबि टेष्टाल प्रालिमा मजदुर काम गरी बस्ने पाल्पा तानसेन नगरपालिका घर भएका ३७ वर्षीय कृष्ण बहादुर सारु सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

रामेछापको मन्थली नगरपालिका २ एक्लेबरस्थित तामाकोशी नदीमा हाल नाम, थर नखुलेकी करिब ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी हुन् । 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्