Kathmandu Press

चट्याङ लागेर युवकको मृत्यु

पर्सा, असोज ५ : चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ।

वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ का २....

चट्याङ लागेर युवकको मृत्यु

पर्सा, असोज ५ : चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ।

वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ का २५ वर्षीय माधव रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आज बिहान ४ः३० बजे खेतमा गएका बेला उनलाई चट्याङ लागेको थियो। गम्भीर घाइते भएका माधवलाई वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

उनको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: १२:१० बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्