Kathmandu Press

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ६७, ललितपुरमा १० र भक्तपुरमा...
काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ६७, ललितपुरमा १० र भक्तपुरमा १० जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

देशभर भने कुल ३१२ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल ३ हजार ६२० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा २ हजार १७३, ललितपुरमा १ हजार २०० र भक्तपुरमा २४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

बुधबार देशभर १० हजार ९० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्