Kathmandu Press

काठमाडौं-तराईमधेस द्रुतमार्ग ठेक्का प्रक्रियाको यथार्थ विवरण पेस गर्न निर्देशन

काठमाडाैं, फागुन ११ : संसदीय समितिले काठमाडौं-तराईमधेस द्रुतमार्ग आयोजनाको प्याकेज नं. ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेस गर्न सरकारलाई निर्देशन...
काठमाडौं-तराईमधेस द्रुतमार्ग ठेक्का प्रक्रियाको यथार्थ विवरण पेस गर्न निर्देशन

काठमाडाैं, फागुन ११ : संसदीय समितिले काठमाडौं-तराईमधेस द्रुतमार्ग आयोजनाको प्याकेज नं. ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेस गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजनाको प्याकेज नं. ४ र ५ को ठेक्का प्रक्रिया पूर्वतयारीको कार्य सम्पन्न नगरी सुरु गरेको र कानुनसम्मत नभएको भनी प्रश्न उठेको भन्दै यसको यथार्थ विवरण सात दिनभित्र समितिमा पेस गर्न रक्षा मन्त्रालय र आयोजनालाई निर्देशन दिएको हो।

Hardik ivf

त्यस्तै बैठकले फागुन २६ र २७ गते काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिए। बैठकले आयोजना अध्ययन गठित उपसमितिको म्याद दुई महिनाका लाथि थप गर्ने निर्णय गरेको उनले बताए।

बैठकमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले खोकनामा भएको जग्गा समस्या समाधानको प्रयास भइरहेको बताए। उनले आयोजनामा देखिएका अन्य समस्या समाधानका लागि मातहतका मन्त्रालयसंग समन्वय भइरहेको जानकारी दिए।

त्यस्तै समिति सदस्यहरुले आयोजनामा देखिएका समस्याहरुलाइ समाधान गर्दै तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए। २०८१ को पुस महिनासम्ममा आयोजनाको निर्माण सक्ने तयारी सेनाको छ।

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्