देशभरि थप ३१२ जनामा कोरोना संक्रमण, २ काे मृत्यु
काठमाडौं, फागुन ११ : पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ५ हजार १ सय ३...
काठमाडौं, फागुन ११ : पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ५ हजार १ सय ३ पिसिआर परीक्षणका क्रममा २ सय ५६ जना र ३ हजार ५ सय ९० एन्टिजेन परीक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार सोही अवधिमा ९ सय ११ जना संक्रमित निको भएका छन्।
हाल नेपालमा १० हजार ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५६ बजे, बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












