Kathmandu Press

रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दूतावासअघि प्रदर्शन

काठमाडौं, माघ ११ : रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्धन गर्न विशेष आग्रहसहित मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित रुसी राजदूतावास वालुवाटार अगाडि प्रदर्शन...
रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दूतावासअघि प्रदर्शन

काठमाडौं, माघ ११ : रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्धन गर्न विशेष आग्रहसहित मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित रुसी राजदूतावास वालुवाटार अगाडि प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरुले ‘रुस ! युक्रेनमाथि अतिक्रमण बन्द गर’, ‘तत्काल सैनिक फिर्ता गर’, ‘युद्ध रोक, शान्ति प्रवर्धन गर’ भन्दै ध्यानाकर्षण गराएका थिए।

प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ।

प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बरालको सहभागीता रहेको थियो। 

 

 

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्